कर्णाली सुर्खेत गुर्भाकोट बडाखोली  कि १६ बर्षिया इनिशा बि क को बलात्कार पछि हत्या भएको छ। सुर्खेत प्रहरीले बलत्कार पछि हत्या गरेको आरोपमा ४ जनालाइ पक्राउ गरेको छ। पक्राउहरु पर्नेमा अनमोल गौलि ,दिपेश ढकाल आशिक ढकाल र गौरब ढकाल रहेका छन।

 प्रहरीले पहिला एक जनालाइ पक्राउ गरेको थियो भने पछि बयानको क्रममा अन्य आरोपिहरुको नाम खुले पछि बाकी ३ जनालाइ पनि पक्राउ गरेको हो।आरोपिहरुले गत फागुन २३ गते बिहान इनिशा बि क लाई बिरेन्द्रनगर नगरपालिका ४ स्थित सहिद पार्क नजिकै रहेको जनजागरण सामुदायिक बनमा पुर्याइ सामुहिक बलत्कार पछि हत्या गरि शब त्यहि छोडेर गएका थिए। 

स्थानियले इनिशा बि.क को शब देखे पछि प्रहरीलाई खबर गरेको थियो। खबर पाउन बितिकै तत्काल प्रहरी घटनास्थल पुगेर आवश्यक प्रकृया पूरा गरि अनुसन्धान अगि बढाएको जिल्ला प्रहरी परिसर सुर्खेतका सुचना अधिकारी मोहन जङ्ग बुढ्थापाले जानकारी दिनु भयो। प्रहरीका अनुसार आरोपी र मृतक बि.क एउटै कलेजमा पढ्ने साथी थिए। मृतकको आरोपी मध्य कसै सङ्ग पनि प्रेम सम्वबन्ध नभएको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

।आरोपमा पक्राउ परेका ४ जना आरोपिहरु नाबालक रहेको प्रहरीको भनाइ छ।