काठमाडौं - प्रहरी प्रधान कार्यालयले निर्वाचनको सुरक्षाका लागि विभिन्न जिल्लामा थप प्रहरी पठाएको छ। यही फागुन २१ गते हुने निर्वाचन सुरक्षाका लागि उपत्यका बाहिरका जिल्ला धनकुटा, उदयपुर, मोरङ, संखुवासभा, तेह्रथुम, सिरहा, सप्तरी, सर्लाही रौतहट पर्सामा पठाइएको हो।
महाराजगन्जस्थित १ नम्बर गणबाट आज तीन हजारभन्दा बढी प्रहरीलाई विभिन्न जिल्ला लागि पठाएको छ। सुरक्षा संवेदनशील मानिएका जिल्लाहरुमा यसअघि नै थप सुरक्षाबल पुगिसकेका छन् भने आवश्यक परेका ठाउँमा थप पठाइने प्रहरीले जनाएको छ । जेनजी आन्दोलनपछि पहिलो निर्वाचन आउन अब ११ दिनमात्र बाँकी छ ।


0 comment