काठमाडौ : मोरङको सुन्दरहरैँचा नगरपालिका–९ चित्रे टोलका ३६ वर्षीय राजनकुमार अधिकारीमाथि शनिबार राति धारिलो हतियार प्रहार भएको छ ।
घरमै सुतिरहेका बेला राति १०ः३० बजेतिर हतियार प्रहार भएको प्रहरीले जनाएको छ । 

अपरिचित व्यक्तिले घरमा आएर रातको समयमा अधिकारीमाथि धारिलो हतियारले आक्रमण गर्ने व्यक्तिको पूर्ण पहिचान हुन बाँकी रहेको मोरङ प्रहृरी ले जनाएक छ।
 प्रहरी का अनुसार कुन हतियारले आक्रमण गरिएको हो भनेर पनि यकिन भइसकेको छैन । मुख, हात, टाउको, बायाँ कानलगायत शरीरका विभिन्न भागमा चोट लागेका उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटनालगत्तै अधिकारीलाई उद्धार गरेर उपचारका लागि विराटचोकको सुकुना सामुदायिक अस्पताल लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीका अनुसार अधिकारी २ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । फागुन ५ गते नेपाल फर्किएको पाइएको प्रहरीले जनाएको छ । घटना उनकै श्रीमतीको मिलेमतोमा भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।डीएसपी चौधरीका अनुसार अधिकारीकी पत्नी रन्जना कार्की (अधिकारी)लाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाइएको छ । 

प्रारम्भिक अनुसन्धानबाट बाहिरी व्यक्तिसँग मिलेमतो गरेर श्रीमतीले घटना गराएजस्तो देखिन्छ । त्यही भएर श्रीमतीलाई नियन्त्रणमा लिएर सोधपुछ र थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले बताएको छ ।

प्रहरी नियन्त्रणमा रहेकी रन्जनाले भने सोधपुछका क्रममा आफैंले श्रीमानलाई खुर्पाले प्रहार गरेकोईई बताएकी छन् । तर, घटनास्थलको प्रकृति हेर्दा उनी एक्लैले घटना गराएजस्तो नदेखिने प्रहरीको भनाइ छ । ‘घटनामा अरु पनि व्यक्ति संलग्न छन् भन्ने आशंका छ । सबै कोणबाट अनुसन्धान गरेर वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको जिल्ला प्रहृरी कार्यालयक प्रमुख कबित कटुवालले जानकारी दिनु भयो ।

रन्जनालाई हाल इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ । घटनामा संलग्न सम्भावित अन्य व्यक्तिको खोजी एवं पहिचानका लागि बेलबारीका इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा टोली खटिएको छ ।