काठमाडौ: काठमाडौ प्रहरीले धारिलो हतियार खुकुरी देखाएर धम्काउदै मोटरसाइकल लुट्ने २ जनालाइ पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा जिल्ला रामेछाप घर भइ जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका ३ ठुलोभर्याङ बस्ने वर्ष १९ को अनिस सोनाम र
जिल्ला रसुवा धुन्चे घर भइ जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका २ सानोभर्याङ बस्ने वर्ष १८ को राजन तामाङ रहेका छन।
काठमाडौं, नागार्जुन नगरपालिका २ सानो भर्याङ स्थित आर्मी मेडिकल कलेज नजिकै सडक खण्डमा एक व्यक्तिले चलाइरहेको बागमती प्रदेश ०२-०२६ प ५३१० नम्बरको मोटरसाइकललाई पैदल आएका दुई जना व्यक्तिहरूले रोकी धारिलो हतियार देखाई ज्यान मार्ने धम्की दिई उक्त मोटरसाइकल लिइ फरार भएको थियो।
पिडितले दिएको निवेदनका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उक्त लुटिएको मोटरसाइकल सहित जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका २ तीनघरे स्थितबाट २ जना लुटेरालाई नियन्त्रणमा लिई डाँका चोरी कसूरमा काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका सुचना अधिकारी पवन कुमार भटटराइले जानकारी दिनु भयो ।


0 comment