काठमाडौ : काठमाडौ प्रहरीले २ किलो चादी सहित एक जनालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेमा जिल्ला पर्सा, फेटा गाउँपालिका ६ बस्ने वर्ष १७ को आशु श्राब रहेका छन।
जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका २ नागढुङ्गा स्थित चेक प्वाइन्टमा बिरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र. ०१-००६ ख ५५२९ नम्बरको यात्रु वाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गा तथा लागु औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुङ्गा समेतको संयुक्त प्रहरी टोलीले उनलाइ पक्राउ गरेको हो ।
चेकजाँच गर्ने क्रममा उक्त बसमा यात्रा गरी आएका आशु श्राबको साथमा रहेको कालो झोला भित्र सेतो प्लास्टिकले बेरी लुकाई छिपाई गरि ल्याएको अवस्थामा फेला परेको रु.१२लाख१ हजार,५ सय २० रुपैयाँ बराबरको तौल २ केजी ९०० ग्राम भएको चाँदीका दाना सहित नियन्त्रणमा लिई त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंमा बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौका सुचना अधिकारी पवन कुमार भटटराइले जानकारी दिनु भयो ।


0 comment