काठमाडौं - एसियाली विकास बैंक (एडीबी) ले  नेपालकी सोना श्रेष्ठलाई दक्षिण एसिया विभाग महानिर्देशक नियुक्त गरेको छ। श्रेष्ठ यसअघि दक्षिण एसिया विभागकै उपमहानिर्देशक थिइन् ।

२७ वर्षदेखि अन्तर्राष्ट्रिय विकास अनुभव संगालेकी श्रेष्ठलाई बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीको रणनीति तथा सञ्चालन विकास र कार्यान्वयन नेतृत्व गर्ने गरी नियुक्त गरिएको हो । 

यसअघि उनले एडीबीको स्वतन्त्र मूल्यांकन विभाग उपमहानिर्देशक तथा एडीबी सहायक सचिव लगायत वरिष्ठ पदमा रहेर काम गरिसकेकी छिन् । उनले अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा पीएचडी गरेकी छिन्। सन् १९६६ मा स्थापित एडीबीमा ६९ सदस्य राष्ट्रहरूको स्वामित्व छ ।