काठमाडौं — महाशिवरात्री आउन केही दिन मात्रै बाकी छ । शिवरात्रीको पूर्व सन्ध्यामा पशुपति क्षेत्रमा सरसफाइ अभियान सुरु गरिएको छ । क्रिएसन नेपालको आयोजना र दि कोकाकोला फाउन्डेसनको सहयोगमा सञ्चालन भइरहेको ‘क्लाइमेट स्मार्ट सिटिज’ अन्तर्गत ‘३ सफा गरौँ’ अभियानको औपचारिक रुपमा शुभारम्भ भएको हो ।
विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ क्षेत्रलाई केन्द्रमा राखी जिम्मेवार फोहोरमैला व्यवस्थापन तथा नागरिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको क्रिएसनले विशाल नेपाल अनलाइनलाई बताएको छ ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका कोकाकोला भारत तथा दक्षिणपश्चिम एसियाकी वरिष्ठ निर्देशक सलोनी गोयलले वातावरण संरक्षण र दिगो सहरी विकासका लागि सार्वजनिक–निजी सहकार्य अत्यन्त महत्वपूर्ण रहेको बताउँदै यस्ता अभियानले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिन् ।
त्यस्तै, कोकाकोला बेभरेजेज नेपालका प्रबन्ध निर्देशक अजय कोनाले दिगो वातावरण निर्माणका लागि निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै स्वच्छता प्रवद्र्धनमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
पशुपति विकास क्षेत्र कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले क्रिएसनसँगको सहकार्यले पशुपति क्षेत्रको सरसफाइमा महत्वपूर्ण सहयोग पुगेको जिकिर गरे । उनले लाखौँ श्रद्धालु तथा पर्यटक आउने आस्थाको केन्द्रमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण भए पनि सबै पक्षसँगको सहकार्यमा निरन्तर सरसफाइ कायम राखिएको बताए ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागका प्रतिनिधि रविन शाक्यले स्वच्छ वातावरण नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै दिगो फोहोर व्यवस्थापन प्रणाली विकासमा यसता अभियानले सहयोग पु¥याउने बताए ।
क्रिएसन नेपालकी अध्यक्ष अरुणा कार्कीले पर्यटकीय स्थल तथा सांस्कृतिक धरोहरलाई स्वच्छ राख्नु सबैको दायित्व भएकोमा जोड दिइन् । संस्थापक अध्यक्ष आनन्द मिश्रले कोकाकोला फाउन्डेसनसँगको विगतदेखिको सहकार्य स्मरण गर्दै फोहोरमैला व्यवस्थापनमा अझ सक्रियता आवश्यक रहेको बताए । उनले विश्वसम्पदा सूचीमा सूचीकृत धरोहरहरूलाई सांस्कृतिक रूपमा स्वच्छ राख्न निरन्तर र नियमित सरसफाइ आवश्यक रहेको स्पष्ट पारे । अभियानको क्रममा क्रिएसन नेपालका सल्लाहकार अनिल चित्रकारले वातावरण संरक्षण, सरसफाइ प्रवद्र्धन तथा दिगो सहरी विकासका लागि सामूहिक पहल अपरिहार्य रहेको औल्याए ।
उक्त अवसरमा ‘क्लाइमेट स्मार्ट सिटिज’ परियोजनाअन्तर्गत दि कोकाकोला फाउन्डेसनको सहयोगमा पुनर्चक्रण गरिएको प्लास्टिकबाट निर्माण गरिएका बेन्चहरूको अनावरण गरिएको थियो । परियोजना अन्तर्गत पशुपति क्षेत्रमा दर्शनार्थीका लागि ४० भन्दा बढी बेन्च जडान गरिएको छ ।
अभियानमा धार्मिक तथा सार्वजनिक स्थलहरूको सरसफाइसँगै युवा, सरसफाइकर्मी, सुरक्षाकर्मी, कलेज विद्यार्थी तथा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको थियो । महाशिवरात्रिको पूर्वसन्ध्यामा करिब ५०० भन्दा बढी सरसफाइकर्मी, सुरक्षाकर्मी, विद्यार्थी तथा स्वयंसेवकहरूको सहभागितामा पशुपति क्षेत्रमा व्यापक सरसफाइ अभियान सञ्चालन गरिएको थियो ।
यस अभियानले दिगो सरसफाइ संस्कृतिको विकासमा योगदान पु¥याउने विश्वास क्रिएसनकी कार्यक्रम निर्देशक सुजाता कोइरालाले व्यक्त गरिन् । ‘क्लाइमेट स्मार्ट सिटिज’ परियोजनामार्फत सहरी क्षेत्रमा दिगो व्यवस्थापन, फोहोर न्यूनीकरण तथा स्वच्छ वातावरण निर्माणमा थप योगदान पुग्ने अपेक्षाका साथै नजिक आएको शिवरात्रीका लागि पनि यो अभियान महत्वपूर्ण रहको आयोजकको भनाई थियो ।

0 comment