काठमाडौं - निर्वाचन आयोगले राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र चुनावी घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगको बैठकले चुनावी घोषणापत्र सार्वजनिक गर्न र आयोगमा पेस निर्देशन दिएको हो ।

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार फागुन २१ मा हुने निर्वाचनमा भाग लिने दलहरूले आगामी फागुन ३ गतेसम्ममा चुनावी घोषणापत्र पेस गर्नुपर्ने छ ।

निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ बमोजिम फागुन ३ गते भित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न आयोगले विज्ञप्तिमार्फत भनेको छ ।