काठमाण्डौं – लसुनको प्रयोगले मानिसमा हुने हृदयघातको रोगलाई  धेरै हदसम्म निको बनाउन सक्छ भन्ने वैज्ञानिक रुपमा पनि पुष्टि भैसकेको छ । यसको प्रयोग मसालाको रुपमा हुँदै आएको छ । तरकारी, मासुहरुमा यसको हरियो पात तथा पोटीलाई पिसेर चलाउने गरिन्छ । यसको खेती बारीमा मात्र गर्नु पर्दछ भन्ने मान्यतामा व्यापक परिर्वतनमा ल्याई  हाल कौशीमा पनि गर्न सकिन्छ । विशेषगरि हरियो पात खानको लागि कौशीमा गरिने यसको खेती प्रभावकारी छ । 

आवाश्यक सामाग्री 

माटो, मल, बालुवा मिसाएको माटो राख्ने भाँडो । 
प्लाष्टिक थैला, बोरा, गमला, काठको भाँडो वा बाँसको भाडो जे भएपनि आफ्नो ठाउँमा जे उपलब्ध हुन्छ । 
कम्पोष्ट मल एक गमलामा बराबर २ के. जी ।
 लसुन बीउ एक गमला बराबर २० पोटी 

माटो सिमेन्ट बोरको २ बोरा

भुस १ बोरा
बालुवा सिमेन्ट बोराको १ बोरा 
पानी १० लिटर 
खेती गर्ने तरिका 

सर्वप्रथम गमलामा वा बोरामा माटो, मल र बालुवा भर्ने व्यवस्था गर्ने २ बोरा माटो १ बोरा मल र १ बोरा बालुवा एकै ठाउँमा मिसाएर मोल्ने यसरी मोलिएको वस्तुलाई गमला वा बोरामा राख्ने यसलाई सम्म पारेर हातको सहायताले लसुनको केस्रालाई रोप्ने । यसरी रोपिएको लसुन ३ दिन देखि नै उम्रन थाल्छ २० दिन देखि नै उखेलेर खान सकिन्छ । लसुनको केस्रा रोपिसकेपछि पुरै माटो भिज्ने गरी पानी हाल्नु पर्दछ । लसुनको केस्रा रोपिसकेपछि पुरै माटो भिज्ने गरी पानी हाल्नु पर्दछ । 

यसमा परालले छोप्दा पनि हुन्छ नछोप्दा पनि हुन्छ । पानी आवश्यकता अनुसार ७ दिन १० दिनमा दिन सकिन्छ । बढी सुख्खा भएमा दिन बिराएर पनि सिँचाई गर्न सकिन्छ । 

पोटी व्यवस्थापन 

यदि हरियो पात खाइनसकेर पोटीलाई राम्रो बनाउने हो भने बोटलाई पातलो बनाउन आवाश्यक छ । त्यसमाथि माटोलाई खुकुलो बनाउनु पर्दछ । त्यसको लागि थप बालुवाको चोकर र धानको भुस गमलामा केस्रा रोप्नु भन्दा अगाडि नै लगाउन सकिन्छ । चिनियाँ खेती पद्धतीमा यस्तो गर्ने पनि चलन छ । 

रासायनिक मल र औषधी 

यो सानो भाँडोहरुमा घरायसी प्रयोजनको लागि मात्र गरिने हुनाले यसमा रसायनिक मल तथा विषादी नचलाई खेती गर्नु नै उत्तम हुन्छ ।