काठमाडौं - निर्वाचन आयोगले मतदानका लागि आवश्यक सामग्रीको व्यवस्थापन र ढुवानी प्रक्रियालाई तीव्र पारेको छ। फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कान्तिपथस्थित आयोगको मुख्यलयबाट मंगलबार ललितपुर जिल्ला निर्वाचन कार्यालयका लागि मतपेटिकाहरू पठाइएको छ।
आयोगका सह प्रवक्ता कुल जिसीका अनुसार मतदानका लागि आवश्यक पर्ने मतपेटिका, रबर छाप, मसी र अन्य महत्वपूर्ण निर्वाचन सामग्रीहरू गाडीमार्फत सम्बन्धित जिल्लाहरूमा पठाउन थालिएको हो। ललितपुर नजिकको जिल्ला भए तापनि स्थानीय व्यवस्थापन र कर्मचारी प्रशिक्षणका लागि सामग्री चाँडै पठाइएको हो।
मतपेटिकाहरू कडा सुरक्षाका साथ ढुवानी गरिएको छ। आयोगका अनुसार, दुर्गम जिल्लाहरूमा पहिले र सुगम जिल्लाहरूमा क्रमशः निर्वाचन सामग्रीहरु पठाइनेछ।


0 comment