काठमाडौं - निर्वाचन आयोगले न्याय परिषद्लाई औपचारिक पत्र पठाउँदै नयाँ न्यायाधीश नियुक्ति नगर्न भनेको छ । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा नियुक्ति प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो।
न्याय परिषद् सचिवालयले गत साता न्यायाधीश नियुक्तिसम्बन्धी विषयमा परिषद्मा पत्राचार गरेपछि त्यसको जवाफस्वरूप आयोगले आचारसंहिता उल्लंघन हुने भन्दै नियुक्ति प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो। ज्येष्ठताका आधारमा न्यायाधीश नियुक्त गर्न न्याय परिषद्ले आयोगमा पत्राचार गरेको थियो।
लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षाबाट उत्तीर्ण भएका जिल्ला न्यायाधीशहरू नियुक्त भइसकेका छन् भने उनीहरूको पदस्थापनाको प्रक्रिया जारी छ। माघ ४ देखि निर्वाचन आचारसंहिता लागू भइसकेकाले छ ।


0 comment