काठमाडौं - निर्वाचन आयोगले कानुनअनुसार अयोग्य ठहर भएका ७६ जनाको नाम समानुपातिक बन्दसूचीबाट हटाएको छ । विभिन्न दलले अयोगमा बुझाइएको बन्दसूचीबाट ती नामहरू हटाइएको हो ।
प्रचलित कानुनबमोजिम तोकिएको उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी व्यवस्थाका आधारमा समानुपातिक बन्दसूचीबाट नाम हटाएको आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टटराईले बताए ।
आयोगका अनुसार हटाइएका मध्ये कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा कायम रहेका २५, निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान गरेका १०, २५ वर्ष उमेर पूरा नभएका चार, मतदाता नामावलीमा समावेश नभएका एक, महिला उम्मेदवार पेस हुनुपर्नेमा पुरूष उम्मेदवार पेस भएका–१, मतदाता नामावली पिछिडिएको क्षेत्रमा नरहेका दुईजना र सम्बन्धित राजनीतिक दलबाट नाम हटाउन सिफारिस भएका १० र बढी कारण भएका दुईजनाको नाम हटाइएको आयोगले जनाएका छ ।
कालोसूचीमा परेकाहरु
-बसुन्धरादेवी चौधरी, आम जनता पार्टी र जनादेश पार्टी नेपालका संयुक्त उम्मेदवार
-रहेना खातुन, आम जनता पार्टी र जनादेश पार्टी नेपालका संयुक्त उम्मेदवार
-लक्ष्मीदेवी शाह, आम जनता पार्टी र जनादेश पार्टी नेपालका संयुक्त उम्मेदवार
-कमला खत्री, जनता समाजवादी पार्टी
-हिरोइनकुमारी शाह, जनमत पार्टी
-गजेन्द्रकुमार मेहत्ता, जनमत पार्टी
-मोहमद असदुल्लाह, जनमत पार्टी
-सुमित राई, जय मातृभुमि पार्टी
-राजु मिजार, जय मातृभूमि पार्टी
-प्रीति गुप्ता पटेल, जय मातृभूमि पार्टी
-लक्ष्मी श्रेष्ठ, नागरिक शक्ति
-जाहेरा बानु, नेपाल कम्युनिष्ट पार्टी माओवादी
-प्रतिमादेवी यादव, नेपाल जनता पार्टी
-सुनितादेवी दास, नेपाल सद्भावना पार्टी
-भुवन औजी, मितेरी पार्टी
-गायत्री राई, मितेरी पार्टी
-सुनिता पौडेल, मितेरी पार्टी
-दीपक चौधरी, राष्ट्रिय एकता दल
-विकाराम चौधरी, राष्ट्रिय जनमोर्चा
-सुनिताकुमारी कुर्मी, राष्ट्रिय जनमोर्चा
आयोगको जरिवाना नबुझाउने
-राजदेव राम, राष्ट्रिय परिवर्तन पार्टी
-राजकुमार राजवंशी, नेपाल सद्भावना पार्टी
-शम्भूकुमार सिंह, नेपाल सद्भावना पार्टी
-सत्यदेव चौधरी, जनमत पार्टी
-सुमित्रा मण्डल, मितेरी पार्टी नेपाल
-शिवजी यादव, जनता समाजवादी पार्टी नेपाल
-रामनरेश महत्तो कोइरी, आम जनता पार्टी र जनादेश पार्टी नेपालका संयुक्त उम्मेदवार
-सूर्यमल यादव, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जसपा र नागरिक उन्मुकति पार्टी नेपालका संयुक्त उम्मेदवार
-राजेन्द्रप्रसाद साह, श्रम संस्कृति पार्टी
-राम नरेश राय, राष्ट्रिय मुक्ति पार्टी नेपाल
२५ वर्ष नपुगेका
-पूजाकुमारी चौधरी, प्रजातान्त्रिक पार्टी
-प्रियंका शर्मा, उन्नत लोकतन्त्र पार्टी
-अस्मिता माया जिम्बा, नेपाली जनता दल
-मुना प्रधान, आम जनता पार्टी र जनादेश पार्टी नेपालका संयुक्त उम्मेदवार
मतदाता नामावलीमा नाम नै नभएको
-तिलक जोशी यादव, नेपाली जनता दल


0 comment