काठमाडौं - चुनावी यात्राका क्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँगै अछाम पुगेका बेला अचानक बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।
पत्रकार समेत रहेका सिटौलाको काठमाडौंमा उपचारका क्रममा आज मृत्यु भएको हो । ग्रान्डी अस्पतालले विज्ञप्ति जारी गर्दै आइतबार १२: ४५ बजे सिटौलाको निधन भएको जनाएको छ ।
सिटौलालाई टाउकामा चोट लागेर ब्रेन ह्यामरेज भएपछि ग्रान्डी अस्पतालको आइसीयूमा राखेर उपचार गरिएको थियो। उनी चलचित्र पत्रकार संघका पूर्वअध्यक्षसमेत हुन् ।
गत शुक्रबार बिहान मंगलसेन नगरपालिका–४ बाँगापाटामा अचानक अचेत भएका सिटौलालाई नेपाली सेनाको हेलिकोप्टरमा ग्रान्डी अस्पतालमा पुर्याइएको थियो । काठमाडौंको टोखा निवासी सिटौला बालेनको टोली सदस्यका रूपमा अछाम पुगेका थिए ।



0 comment