काठमाडौं - मधेस प्रदेशमा अन्तिम ६ महिनामा मधेस प्रदेशमा २ हजार ५७२ जना सम्पर्कविहीन छन् ।  

मधेसमा वेपत्ता व्यक्तिको सङ्ख्या भयावह बनेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।  

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार वेपत्ता मध्ये पुस महिनामा मात्र १ हजार ४४८ जना सम्पर्कविहीन भएका हुन् । ती सम्पर्कविहीनमध्ये ६ महिनाको अवधिमा १ हजार ५०१ जना फेला परेका छन् भने अन्य सम्पर्कविहीन छन्।

त्यसैगरी, जेन्जी आन्दोलनमा भएका क्षतिहरूको विवरणसमेत सार्वजनिक गरिएको छ। कार्यालयका प्रवक्ता थापाका अनुसार मधेस प्रदेशमा जेन्जी आन्दोलनको क्रममा जम्मा चारजनाको मृत्यु भएको थियो। सो आन्दोलनका क्रममा मधेस प्रदेशका कुल २३४ वटा सरकारी कार्यालयहरूमा क्षति पुगेको थियो।

सरकारी कार्यालयहरूको कुल क्षति आकलन ५७ करोड ३५ लाख ५२ हजार १२५ रुपैयाँ बराबरको रहेको जनाएको छ। जेन्जी आन्दोलनका क्रममा प्रदेशभरिका प्रहरीका सवारी साधनहरूमा पनि क्षति पुगेको जानकारी दिँदै कुल आकलन अनुसार २ करोड ६ लाख ७८ हजार ३८० रुपैयाँ बराबरको प्रहरीले प्रयोग गर्ने सवारी साधनमा क्षति भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

यसैगरी जेन्जी आन्दोलनका क्रममा मधेस प्रदेशका विभिन्न कारागारहरूमा रहेका १०४५ जना कैदीबन्दी फरार भएका छन् ।  उनीहरूमध्ये विभिन्न स्थानबाट जम्मा ५७९ जना पक्राउ परेका छन् भने अन्य अझै फरार अवस्थामा रहेका छन्।