काठमाडौं - स्वास्थ्य अवस्था सुधार हुँदै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई डिस्चार्ज भएका छन् । त्रिवि शिक्षण अस्पतालका प्रवक्ता तथा डिपुटी निर्देशक डा. गोपालप्रसाद सेढाईंले लामिछाने बिहीबार अस्पतालबाट डिस्चार्ज भएको बताए ।
अस्पतालमा भेटघाट गर्नेको संख्या बढ्न थालेपछि उनले घरमै आराम गर्ने भन्दै डिस्चार्ज मागेको अस्पतालका प्रवक्ता सेढाईंले बताए । गत माघ ५ गते पार्टीको कार्यक्रममा सहभागी हुन उनी जनकपुरमा पुगेका बेला स्टेजबाट ओर्लिँदा लामिछानेको देब्रे खुट्टामा चोट लाग्यो ।
औषधि सेवन गर्दा पनि समस्या निको नभएपछि उनी अस्पताल शिक्षण अस्पताल महाराजगंज पुगेका थिए । परीक्षणको क्रममा लामिछानेलाई सेलुलाइटिस भएको पत्ता लागेको थियो ।


0 comment