काठमाडौं - बाक्लो हुस्सु र कुहिरोका कारण प्रभावित भएको आन्तरिक उडान अहिले सुचारू भएको छ । बाक्लो कुहिरोले गर्दा काठमाडौँलगायत देशका विभिन्न विमानस्थलमा बिहानभर उडान प्रभावित भएको थियो ।
काठमाडौँ, विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान सुरु हुन नसकेको भए पनि अहिले भरतपुर, टुम्लिङटार, नेपालगञ्ज बाहेक अन्य ठाउँमा उडान सुचारु भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए। उनका अनुसार अहिले दिउँसोबाट मौसममा सुधार आएसँगै उडान अवतरण सुरु भएको हो ।


0 comment