काठमाडौं - सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइजती गरेको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । प्रहरीले पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

सफलले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताको बारेमा सामाजिक सञ्जालमार्फत नकारात्मक, अपशब्द, गाली गलौज गरेको आरोप छ ।  माघ ८ गते महान्यायाधिवक्ताको कार्यालयले उनीमाथि आवश्यक कानुनी कारबाही गरिदिन भन्दै प्रहरीलाई पत्र पठाएको थियो । तथ्यहीन भिडियो बनाइ सामाजिक सञ्जालमा पोस्ट गरेको देखिएपछि उनीविरुद्धको अनुसन्धान अघि बढाइएको छ ।