काठमाडौं - आइतबार सुनको मूल्य तोलामा ३ लाख ४ हजार नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आजको कारोबारमा छापावाल सुन तोलाको ३ लाख ३ हजार ८०० रुपैयाँ पुगेको हो ।
यसअघि शुक्रबार छापावाल सुन तोलामा ३ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।
आइतबार कायम भएको मूल्य हालञसम्मकै उच्च भएको महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ६ हजार १९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा ६ हजार ४८० रुपैयाँ कायम भएको हो ।


0 comment