काठमाडौं - सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार उनले सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेरै राजीनामा दिएका हुन् ।
उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउने चर्चा छ ।खेलकुदमन्त्री बब्लु गुप्ताले पनि आजै पदबाट राजीनामा दिएका हुन् । १ दिनअघि सम्म पनि खरेलले आफू उम्मेदवार बन्ने नबन्ने भनेर ढाट्छल गरेका थिए ।
कार्की नेतृत्वको मन्त्रिपरिषद्बाट यसअघि ऊर्जामन्त्री रहेका कुलमान घिसिङ राजीनामा दिएका थिए । गैरदलीय सरकार भए पनि उनीहरुको उठबस राजनीतिक दलसँग भएको सुईको पाएपछि प्रधानमन्त्री कार्कीले केही हप्ता अघि नै तीनै जनालाई तत्काल राजीनामा दिन भनेकी थिइन् ।


0 comment