काठमाडौं - प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन राष्ट्रिय सभाका तीन सदस्यले राजीनामा दिएका छन् ।
सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुन आइतबार अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष राजीनामा बुझाएका हुन् ।
गौतम पटक-पटक प्रतिनिधिसभा निर्वाचनमा उठ्दै आएपनि पराजित हुँदै आएका छन् । नेकपा नेता समेत रहेका गौतम पुन: बर्दियाबाटै उम्मेदवार बन्दैछन् । यस्तै नेकपाका अर्का नेता श्रेष्ठ पनि यसपटक प्रत्यक्ष निर्वाचनमा लड्ने इच्छा देखाएर अघि बढेका छन् ।


0 comment