काठमाडौं - निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिएको छ । आयोगको निर्णयसँगै गगनकुमार थापा मूल कांग्रेसको सभापति भएका छन् ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्तसहित अन्य आयुक्तहरू र पदाधिकारीको बैठकले गगन पक्षलाई वैधानिकता दिएको हो । निर्णय दिनु अघि आयोगले आज दुबै पक्षसँग छलफल गरेको थियो । यसअघि दुई पक्षले आ-आफ्नो दाबीसहितको विवरण बिहीबार आयोगमा बुझाएका थिए।

आफूलाई संस्थापन पक्ष दाबी गरेको देउवा पक्षले निर्णय आफ्नो पक्षमा नआए निर्वाचन प्रभावित हुने चेतावनी दिएको थियो ।