काठमाडौं - बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा रहेको एक पसलमा आगलागी भएको छ । शुक्रबार बिहान करिब १० बजे चैनपुरस्थित देबिथान मन्दिर नजिकै रहेको सुर्मा देवी सिरक डसना उद्योगमा आगलागी भएको हो ।

पसलमा विद्युत् तार सट भएर आगलागी भएको बताइएको छ । आगलागीका कारण पसल पूर्ण रूपमा जलेर नष्ट भएको छ । करिब आधा घन्टासम्म आगो दन्किएको आगोले पसलभित्र रहेका मेसिन, सिरक, लुगाकपडा तथा अन्य सामग्रीहरू सबै जलाएको हो । आगलागीबाट करिब एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

स्थानीय, नेपाली सेना तथा प्रहरीको लामोे प्रयासपछि आगो नियन्त्रणमा आएको छ । आगो नियन्त्रणका लागि जयपृथ्वी नगरपालिकाको दमकल ढिलो आइपुगेको भन्दैd स्थानीयवासी आक्रोशित भएका छन् ।