काठमाडौ: काठमाडौ प्रहरीले काभ्रेपलान्चोक जिल्ला नमोबुद्ध नगरपालिका वडा नम्बर २ निवासी बर्ष ३६ का नवराज घिमिरेलाई बैकिङ्ग कसुर मुद्धामा पक्राउ गरेको छ। काठमाडौ प्रहरी परिसर मातहतको महराजगन्ज प्रहरी बृतको प्रहरी नायब निरीक्षक मनोज नेपाली टोलिले आज उस्कै धुम्बाराही स्थित डेराबाट पक्राउ गरेको हो।
घिमिरेले झण्डै ८ बर्ष अगाडि ट्याक्सी खरिद गर्न भनी कपन निवासी दीपा थपलिया सङ्ग ८ लाख रुपैया सापट लिएकोमा पटक पटक गरि ४लाख तिरेको र बाकी ४ लाखमा १लाख ६८ हजार को चेक दिएर रकम नदि हैरानी दिनुका साथै समय समयमा धम्कि समेत दिएको कारण जिल्ला प्रशासन कार्यालयबाट शान्ती सुरक्षाको निबेदन दिएर जिल्ला प्रहरी परिसर काठमाडौ मा झिकाइ छलफल गराइएको थियो। छलफल हुदा ३ महिनामा रकम चुक्ता गर्ने सर्तमा घिमिरेको भिनाजुले आफ्नो जमानीमा छुटाएर लगेका थिए।
आज पक्राउ परेको खबर पाए पछि आरोपी घिमिरेका दाजु केदार घिमिरेले पिडित दीपा थपलियालाइ रिस पोखदै आफ्नो भाइलाइ तत्काल नछोडे पिडित थपलियालाइ १२ घण्टा भित्र जेल हाल्ने फोन मार्फत धम्की दिएको भन्दै पिडित थपलियाले अडियो रेकर्ड हाम्रो विशाल नेपाल डट्कमलाइ उपलब्ध गराएको छ।
पछिल्लो समय पटक पटक रकम माग्दा सम्पर्क बिहिन भए पछि बैकिङ्ग कसुर मुद्धा हाल्न बाध्य भएको पिडित थपलियाले बताए।पक्राउ परेका नवराज घिमिरे माथी प्रहरीले बैकिङ्ग कसुर मुद्दामा अनुसन्धान अघिबढाएको छ।


0 comment