काठमाडौ: काठमाडौ प्रहरीले खैरोहेरोइन सहित २ जनालाउ पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा  जिल्ला नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं. ११ घर भइ हाल काठमाडौ चाबहिल बस्ने बर्ष २६ को महेन्द्र तामाङ जिल्ला बाग्लुङ ढोरपाटन नगरपालिका स्थायी घर भई हाल काठमाडौ टोखा नगरपालिका वडा नं. ०९ दिपज्योती बस्ने बर्ष २२ की निरुता अदेही मगर रहेका छन ।

टोखा नगरपालिका वडा न. ०९ गोंगबु शिवमन्दिर स्थित होटल दिप सागर भएको साडे पाँच तले पक्की भवनको तेस्रो तल्लाको ५१५ नम्बरको कोठामा लागु औषध सहितका मानिसहरु रहेको भनि सूचना प्राप्त प्राप्त भएको थियो।

सुचना पाउन  साथ तत्काल उक्त होटलको ५१५ नम्बरको कोठामा पुगी मानिसहरुलाई नियन्त्रणमा लिएर सोध पुछ पछि खानतलासी गर्दा निजहरुले झ्यालको पर्दा राख्ने पाईप भित्र लुकाई छिपाई राखेको अवस्थामा लागु औषध जन्य 
खैरो हेरोईन फेला परेको थियो।

बरामद खैरोहेरोइनलाइ मान्यता प्राप्त तराजुमा तौल गर्दा प्लाष्टिक सहितक तौल ७.२१ ग्राम प्लाष्टिक बाहेको तौल ६.४४ ग्राम बरामद भएको थियो। पक्राउ परेकाहरु माथिआवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी परिसरका सुचना अधिकारी पवन कुमार भटटराइले जानकारी दिनु भयो