काठमाडौ :निर्वाचनको सम्बन्धमा सुरक्षा निकायहरूले गरेका अन्तिम तयारीबारे जानकारी लिने निर्णय  
विभिन्न धार्मिक समुदायहरू र एक अर्काका धर्मबिच लक्षित गरेर विभिन्न सामाजिक सञ्जालमा गलत र भ्रामक टिप्पणी गर्ने र अर्काको धर्ममा खलल पुर्‍याएका घटनाहरू भएकोमा यसमा विशेष रूपमा छलफल केन्द्रित रह्यो। 

यस्तै, जिल्लाहरूमा देखिएका केही धार्मिक सहिष्णुतामा खलल पुर्‍याउन खोज्ने व्यक्ती वा समूहलाई कानुनी कारबाहीको दायरामा ल्याउने निर्णय भएको र स्थानीय प्रशासनहरूले समन्वयात्मक भूमिका खेल्दै स्थितिलाई थप बिग्रन नदिन भूमिका खेल्ने निर्णय र प्रदेश र स्थानीय सरकारहरूलाई पनि यस्तै समन्वयात्मक भूमिकाका लागि अनुरोध गर्ने निर्णय भएको।  

यसैगरी, धार्मिक गतिविधिबारे विस्तृत छलफल गर्न सोमबार गृह मन्त्रालमा मानवअधिकार आयोग, अन्य संवैधानिक आयोग र सुरक्षा निकायसहितको एउटा बैठक बस्ने निर्णय भएको।   
विशेष गरी निर्वाचनको सन्दर्भमा सुरक्षा निकायहरूले अहिलेसम्ममा के कस्तो तयारी गरेको छ त्यसकोबारेमा र मन्त्रालयले गर्नु पर्ने समन्वयको पाटोमा छलफल भयो।  

यस्तै, जेनजी आन्दोलनपछि फरार रहेका कैदी बन्दीहरूको पक्राउ गर्ने अभियानलाई अझ बढी तदारुकता प्रदान गर्दै सुरक्षा निकायहरूको विशेष ओपरेशनलाई थप क्रियाशीलता दिनेबारेमा विस्तृत छलफल गर्ने निर्णय भएको।