काठमाडौं - जेनजी आन्दोलनको क्रममा भएको घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगले आन्दोलन दमनसँग जोडिएका सबै सरोकारवालासँग बयान लिने क्रमअन्तर्गत ओलीलाई पत्राचार गरेको हो । आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ ।

ओलीलाई आयोगले औपचारिक रूपमा पत्र पठाएर बयानका लागि उपस्थित हुन आग्रह गरेको हो । बयान दिने अडानमा रहेका ओली पछिल्लो समय भने आयोगलाई जवाफ पठाउन तयार देखिए पनि आयोगमै उपस्थित भएर बयान नदिने बताउँदै आएका थिए । अब आयोगको पत्र पाएपछि के गर्छन् त्यो भने केही दिनमै थाहा हुनेछ । सार्वजनिक रूपमा ‘बयान दिन किन जाने ?’ भन्दै प्रतिवाद गर्दै आएका

आयोगले यसअघि लेखकसँगै सुरक्षा निकायका प्रमुखहरू, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारीलगायतसँग पनि बयान लिइसकेको छ । ती सबैको बयान संकलनपछि आयोगले तत्कालीन प्रधानमन्त्री ओलीसँग बयान लिने तयारी गरेको जनाएको छ ।

जेनजी आन्दोलनको क्रममा भएको दमन र त्यसमा भएका निर्णय प्रक्रियाबारे सत्यतथ्य पत्ता लगाउने उद्देश्यसहित आयोगले अनुसन्धान अघि बढाइरहेको छ ।