काठमाडौ:मोरङको लेटाङ नगरपालिकाकी १३ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्न सफल भएको भन्दै लेटाङ नगरपालिकाले जिल्ला प्रहरी कार्यालय मोरङको अनुसन्धान टोलीलाई सम्मान गरेको छ।
आयोजित सम्मान कार्यक्रममा नगर प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला तथा प्रमुख प्रशासकीय अधिकृत शशि राईले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटुवालको नेतृत्वमा अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूलाई सम्मान गरेका छन् ।साथै प्रहरीले गरेको कामको प्रशंसा पनि गर्नु भएको थियो।


0 comment