काठमाडौं - मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहणको कार्यक्रम भोली गरिदैछ ।

भोलि बिहान १०:३० बजे शपथग्रहणको कार्यक्रम रखिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । यादव सात दलको समर्थनमा हिजो मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

नेकपा एमालेका सरोज यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सो पदमा कांग्रेसका कृष्ण यादव र लोसपा नेपालका जितेन्द्र सोनलले दाबी गरेका थिए ।  

लामो छलफलपछि मुख्यमन्त्रीमा यादवको नाममा सात दलले सहमति जनाएको हो ।