काठमाडौं - नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । शुक्रबार रास्वपा प्रवेश गर्दै पोखरेलले सभापति लामिछानेमाथि अन्याय भएकोले त्यसविरुद्ध लड्ने बताए ।
पोखरेलले पार्टीका सभापति लामिछानेको आदम्य साहस र उनीमाथि जनताले गरेको विश्वास देखेर आफूलाई रास्वपा प्रवेश गर्न प्रेरित गरेको बताए ।
२४ भदौको जेनजी आन्दोलनका बेला रास्वपाका सभापति रवि लामिछानेलाई भने जनताले काँधमा बोकेर बाहिर ल्याएको भन्दै उनले मुलुक दनदनी बलिरहँदा पुराना पार्टीका नेताहरू भने दुलोभित्र पसेको बताए ।
आन्दोलनका क्रममा सुरुमा लामिछाने नख्खु जेलबाट निस्केपछि सबै जेलबाट कैदी भागेका हुन् । आज तिनै कैदीबन्दी र लुटिएको हतियार निर्वाचनका लागि सुरक्षा चुनौती बनेको छ ।


0 comment