काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन्। शुक्रबार राति प्रधानमन्त्रीको शपथ लिएकी कार्कीले आफ्नो पहिलो निर्णयस्वरूप प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्।

प्रधानमन्त्री कार्कीको सिफारिसअनुसार राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटनको निर्णय सदर गरेका हुन्। साथै, आगामी फागुन २१ गतेका लागि नयाँ चुनावको मिति पनि तोकिएको छ। चुनाव मिति घोषणा पनि प्रधानमन्त्री कार्कीको सिफारिसमै गरिएको हो।

स्रोतका अनुसार, प्रधानमन्त्री नियुक्तिपछि प्रतिनिधिसभा विघटन गर्ने सहमति अनुसार कार्कीले शपथ लिएकी थिइन् ।