काठमाडौं - प्रधानमन्त्री एवं कुलपति केपी ओलीसमक्ष विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज (बिहीबार) भएको कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सह-प्राध्यापक डा. पुजनकुमार रोकाया, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिप्रसाद पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति डा. भरत खत्रीले शपथ लिएका हुन् ।
कार्यक्रममा कुलपति ओलीले स्वच्छ र पारदर्शी रुपमा देखिने खालको काम गर्न सफलता मिलोस् भन्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।




0 comment