काठमाडौं - एभरेस्ट बैंकले महोत्तरीको बर्दिबास नगरपालिका १ मा आफ्नो १३३औं शाखा विस्तार गरेको छ । योसँगै मधेस प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ ।

बर्दिबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङबाट संयुक्त रूपमा शाखाको उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा बर्दिबास नगरपालिका १ का वडाध्यक्ष भोला खड्का, बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्का, बैंकका मधेस प्रदेशका प्रदेश प्रमुख पुष्पराज उप्रेती, बैंकका अन्य कर्मचारीलगायत स्थानीय बासिन्दाको उपस्थिति थियो ।

बर्दिबासमा बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकाशमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

पञ्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक संख्या रहेका र देशैभरी १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६८ एटीएम छन् ।