काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंस्थित लोमस डिजिटलबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कार्डवाहक, प्रिभिलेज तथा मोबाइल बैंकिङ ग्राहकले लोमस डिजिटलमा छुट पाउनेछन् ।

बैंकका ग्राहकलाई लोमस डिजिटलले ह्विलपुल प्रडक्ट्स र किचन सामग्रीमा छुट दिने जनाइएको छ ।

बैंकका अनुसार यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनेछन् । साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ अगाडि बढ्न प्रेरणा दिने बैंकको विश्वास छ ।