काठमाडौं- कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ । यही ११ गतेदेखि सञ्चालन हुने परीक्षा प्रधानमन्त्रीको निर्देशनपछि सारिएको हो ।
परीक्षा १० दिनपछि सारेर वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । बोर्डका अध्यक्ष शर्मासँग भएको छलफलमा प्रधानमन्त्री केपी ओलीले केही दिन परीक्षा सार्न निर्देशन दिएका थिए ।
शर्मा र शिक्षा सचिव दीपक काफ्लेले परीक्षाको विषय प्रधानमन्त्रीलाई जानकारी गराउन र राय सुझाव लिन साँझ बालुवाटार पुगेका थिए । मंगलबार बिहान बसेको बोर्ड बैठकले शिक्षकलाई परीक्षामा सहभागी हुन आग्रह गर्दै सहभागी नभए कर्मचारीको सहयोगमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।


0 comment