काठमाडौं - नेपाली बजारमा आइतबार सुन तोलामा एक हजार रुपैयाँले बढेको ।
आज सुनको तोलामा एक लाख ८६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । स्थानीय बजारमा यो मूल्य हालसम्मकै उच्च हो ।
यस अघि शुक्रबार प्रतितोला एक लाख ८५ हजारमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीमा तोलामा ५५ रुपैयाँ वृद्धि हुँदै एक हजार ९६० पुगेको छ ।


0 comment