काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त सिइओ चुडामणि चापागाईंले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने भएका छन् । राजस्व सचिव दिनेशकुमार घिमिरेले आज उनलाई नियुक्तिपत्र हस्तान्तरण गरे ।

झापाका चापागाईंलाई सरकारले नेप्सेको सिइओमा नियुक्त गरेको थियो।  सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई त्यस पदमा नियुक्त गरेको हो ।