काठमाडौं - त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । निर्वाचन समितिले आज एक सूचना जारी गर्दै चैत ८ का लागि तोकिएको चुनावी कार्यक्रम म स्थगित भएको जनाएको छ।  

न्यायाधीश डालकुमार खड्काको इजलासले छलफलका लागि बोलाउँदै निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो।   नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र अर्का नेता विष्णुबहादुर बडैलाले छुट्टाछुट्टै प्यानल खडा गरेपछि विवाद सुरु भएको थियो। नेविसंघको असन्तुष्ट पक्षले उच्च अदालतमा रिट निवेदन दायर गरेको थियो।