काठमाडौं - सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एचआरएम नेपालद्वारा आयोजित अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ को लाइफ इन्स्योरेन्स विधामा कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको छ । अवार्डको लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनी मध्येबाट सिटिजन लाइफ इन्स्योरेन्स यस अवार्ड जित्न सफल भएको हो ।
नेपाली बिमा कम्पनीहरुको वित्तीय विवरण, सूचांकहरु, सुशासन आदि अध्ययनका आधारमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी उत्कृष्ट कम्पनीका रुपमा पुरस्कृत भएको हो । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलका साथै नायब प्रमुख कार्यकारी अधिकृत दीप बहादुर बीसीलाई आयोजकका तर्फबाट मंगलबार आयोजित कार्यक्रममा अवार्ड प्रदान गरिएको हो ।
सिटिजन लाइफ नेपालमा बिमाको दिगो विकास रणनीति तथा बिमाको पहुँच वृद्धिका लागि जनस्तरमा पुगेर बिमा सेवा सञ्चालन गर्दै आइरहेको कम्पनी हो । स्थापनाको छोटो अवधिमा सिटिजन लाइफले उत्कृष्ट, नतिजामुखी बिमा सेवा प्रवाह गर्दै आइरहेको छ ।


0 comment