काठमाडौं - एनसेलले आफ्ना ग्राहकलाई दूरसञ्चार सेवाहरुमा सहज, सुलभ प्याकहरुका साथ सेवा प्रदान गर्दै देशको मोबाइल सेवा क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउने उद्देश्यसहित नयाँ प्रिपेड सेवा ‘सधैं अन रिन्युअल प्याक’ सञ्चालनमा ल्याएको छ ।

सधैं अन प्याकको सफलतापछि सञ्चालनमा ल्याईएका रिन्युअल प्याकहरुमार्फत ग्राहकहरुले विनाकुनै बाधा महिनाभरका लागि आफ्नो बजेटअनुसार विभिन्न अनलिमिटेड सेवाहरुको फाइदा लिन सक्छन् ।

रिन्युअल प्याकको उद्देश्य नेपाली ग्राहकलाई तुलनात्मक रुपमा महँगो पर्ने पे एज यू गो र बारम्बार लिनुपर्ने स-साना प्याकहरु प्रतिको निर्भरता हटाएर सधैं अन अर्थात् कनेक्टेड रहन सक्षम बनाउनु हो । यी प्याकहरूको मुख्य विशेषता भनेको प्रयोग हुन बाँकी डेटा, टक टाइम, र एसएमएस खेर नजाने रहेको छ । यसको अर्थ त्यस्ता सेवा, सुविधाहरु अर्को महिनाका सेवा, सुविधाहरुमा थप हुने व्यवस्था रहेको छ । यी प्याकहरूलाई सजिलै एनसेल एपमार्फत वा एस्ट्रिक्स १२३ एस्ट्रिक्स ९ ह्यास डायल गरेर, वा नजिकको एनसेल रिटेलर स्टोर अर्थात प्वाइन्ट अफ सेल्समा गएर खरिद गर्न सकिन्छ ।

सधैं अन रिन्युअल प्याक अर्थात हरेक महिना ३० दिनमा नवीकरण हुने यी प्याकहरुमा ग्राहकले पुरै एक महिनाको समयसीमासहित सेवा पहुँचबाट फाइदा लिन सक्छन् । यसमा साधारण सधैं अन प्याकको २८ दिन भन्दा थप दुई दिन बढिको समयावधि रहेको छ । यी प्याकहरूमा यूट्युबमा अनलिमिटेड भिडियो स्ट्रिमिङ सुविधा, रातको समयमा इन्टरनेट ब्राउजिङ तथा विभिन्न सामग्रीहरु डाउनलोड गर्न अनलिमिटेड नाइट डेटाको सुविधा रहेको छ र केही प्याकहरुमा ग्राहकहरुले आफ्ना परिवारजन, साथीभाइ, र सहकर्मीहरूसँग महिनाभर जतिपनि कल गर्न मिल्ने अनलिमिटेड अल नेपाल टक टाइमको सेवा पाउँछन् ।

एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, ‘आजको डिजिटल परिप्रेक्ष्यमा, सहज कनेक्टिभिटी कार्यलयदेखि व्यक्तिगत कार्यहरु, शिक्षा, मनोरञ्जन र सोसल मिडियामा अन्तरक्रियालगायतका लागि अत्यन्त आवश्यक रहेको छ । सधैं अन रिन्युअल प्याकहरू उच्च गतिको इन्टरनेट र निरन्तर सेवाको बढ्दो मागलाई पूरा गर्ने उद्देश्यले ध्यानपूर्वक डिजाइन गरिएको छ । जसले ग्राहकहरूलाई कुनै पनि अवरोधविना कनेक्टेड रहन सहयोग गर्छ । यी प्याकहरूले अत्यन्तै सुलभ शुल्कमा अनलिमिटेड कल, सहज, निरन्तर डेटामा पहुँच प्रदान गर्दछ, जसले ग्राहकहरूलाई निर्धक्क भएर विनाकुनै अतिरिक्त शुल्कको चिन्ता सेवा लिन, विभिन्न जानकारीमा आफ्नो पहुँच सुनिश्चित गर्न र डिजिटल सामग्रीहरुबाट फाइदा उठाउन मद्दत पुर्याउँछ । फोनमार्फत भिडियो स्ट्रिमिङ, सोसल मिडिया होस् वा म्यासेजिङका लागि होस् वा रिमोट वर्कका लागि होस्, ग्राहकहरुले आफ्नो बजेटअनुसार उपभोक्तामैत्री शुल्कमा पुरा महिना डिजिटल अनुभव लिएर सधैं अन रहन यी प्याकहरुले मद्दत गर्दछ ।’

रिन्युअल प्याकअन्तर्गत एनसेलले बेस्ट रिन्युअल प्याक, अनलिमिटेड प्याक र अन्य भ्वाइस र डेटा रिन्युअल गरि तीन प्रकारका प्याक सञ्चालनमा ल्याएको छ । पहिलो बेस्टअन्तर्गत करसहित मासिक ३९९, ४९९, र ५९९ रुपैयाँका प्याकहरु रहेका छन् । यसमा भ्वाइस, डेटा र एसएमएस साथै अनलिमिटेड युट्युब, अनलिमिटेड नाइट डेटा समावेश छन् । प्याकअनुसार, यसमा ग्राहकले ८ जीबीदेखि २० जीबीसम्मको डेटा, ३९९ देखि ५९९ मिनेटसम्मको अल नेपाल टकटाइम, र ३९ देखि ५९ वटा अल नेपाल एसएमएस प्राप्त गर्छन् ।

दोस्रोमा अनलिमिटेड रिन्युअल प्याकअन्तर्गत करसहित ७९९, ९९९, र १,४९९ रुपैयाँका प्याकहरु समावेश छन् । यी प्याकमा ग्राहकले कुनै पनि नेपाली नेटवर्कमा कल गर्न सकिने अनलिमिटेड अल नेपाल टक टाइम, अनलिमिटेड युट्युब, अनलिमिटेड नाइट डेटाका साथै प्याकअनुसार ३० जीबीदेखि १०० जीबीसम्मको डेटा र ७९ देखि १४९ वटा अन नेपाल एसएमएस सेवा प्राप्त गर्दछन् । त्यसैगरी तेस्रो रिन्युअल सेवा अन्तर्गत डेटा र भ्वाइस मात्र पाइने प्याकहरु रहेका छन् । उदाहरणका लागि एनसेलका १९९ देखि ४४९ रुपैयाँसम्मका लोकप्रिय भ्वाइसहरु रहेका छन् । त्यसैगरी डेटामा २९९ रुपैयाँबाट सुरु हुने प्याकहरु समावेश छन् ।

एनसेलले रिन्युअल अर्थात् नवीकरण ग्राहकका लागि अप्रत्यासित नहोस् भनेर प्याक खरिदको प्रक्रियालाई ध्यानपूर्वक डिजाइन गरेको छ । जसले गर्दा ग्राहकले रिन्युअल अर्थात् नवीकरणको समय/मितिबारे अग्रिम जानकारी पाउँछन् । साथै, नवीकरण समय आउनु अघि नै ग्राहकहरूले नियमित रुपमा प्याकहरु खरिद गर्ने विकल्प पनि पाउँछन् ।