काठमाडौं - अघिल्लो दुई दिन लगातार बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज भने घटेको छ । नेप्से आज १४.०८ अंकले घटेर २७ सय १५.९१ अंकमा झरेको छ ।
यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.४९ अंकले घटेर चार सय ५७.१२ अंकमा झरेको छ । नेप्सेमा आज ३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार ८ सय ३५ कित्ता सेयर रकम ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार ७ सय ७५ रुपैयाँमा खरिद-बिक्री भए ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा जलविद्युत् समूहको सूचक ६.०९ अंकले बढेर तीन हजार ८ सय ३६.५१ अंकमा चढेको छ । अन्य समूहको सूचक पनि ९.२७ अंकले बढेर २१ सय ३६.४३ अंकमा चढेको छ ।
वाणिज्य बैंक समूहको सूचक भने ७.८६ अंकले घटेर १३ सय ६७.५४ अंकमा झरेकामा विकास बैंक समूहको सूचक पनि १ सय ५६.८७ अंकले घटेर पाँच हजार ८ सय ६८.६३ अंकमा झरेको छ ।
फाइनान्स समूहको सूचक पनि ४३.९९ अंकले घटेर २५ सय ३६.० पाँच अंकमा झरेकामा जीवन बिमा समूहको सूचक ३२.५२ अंकले घटेर १३ हजार २ सय २९.२१ अंकमा झरेको छ ।
यसैगरी निर्जीवन बिमा समूहको सूचक पनि ७६.२४ अंकले घटेर १३ हजार १ सय ५५.४४ अंकमा झरेको छ । होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र व्यापार समूहको सूचक पनि क्रमशः १२४.६९, ०.५४, ८३.२३, ०.११ र २३.२० अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने आज नेपाल एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ ।
0 comment