काठमाडौं - नेपाली बजारमा शुक्रबार प्रतितोला सुनको मूल्य दुई हजार तीन सयले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सयमा कारोबार भइरहेको छ । 

हिजो बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३० ले बढेर एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।