काठमाडौं - चीनको एआई बट डीपसिकको सुरुवातसँगै अमेरिकी प्राविधिक कम्पनीहरूमाझ हलचल छाएको छ ।
यो कम लागतको एआई बटको सुरुवात पछि अमेरिकी सेयर बजारमा धेरै ठुला टेक कम्पनीहरूको सेयर मूल्य घट्यो ।
सबैभन्दा ठुलो धक्का विशाल चिप निर्माता कम्पनी एनभिडियाले महसुस गर्यो । कम्पनीको सेयर मूल्यमा आएको गिरावटका कारण यसले ५०० अर्ब डलरभन्दा बढीको घाटा बेहोरेको छ ।
डिपसिकको सुरुवातले अमेरिकामा मात्र नभई जापान, दक्षिण कोरिया र ताइवानमा पनि सेयर बजारमा गिरावट ल्यायो ।
गत साता लन्च गरिएको, डिपसिक अब च्याट जीपीटी लाई उछिन्दै अमेरिकामा सबैभन्दा धेरै डाउनलोड गरिएको नि:शुल्क एप बनेको छ ।
आफ्ना प्रतिस्पर्धीहरूभन्दा धेरै कम लागतमा डिपसिक निर्माण गरिएको छ । -बीबीसी



0 comment