काठमाडौं - अघिल्लो दिन ५२.३६ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज भने ११.१० अंकले घटेर २६ सय ५४.३५ अंकमा झरेको छ ।
यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.९९ अंकले घटेर ४ सय ४६.८१ अंकमा झरेको छ । नेप्सेमा आज ३१८ कम्पनीको ८४ हजार सातपटकको कारोबारमा एक करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर खरिद-बिक्री भए । जसअनुसार कुल कारोबार रकम ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार ३ सय २६ रुपैयाँ पुग्यो ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा विकास बैंक समूहको सूचक ४५.८८ अंकले बढेर ५ हजार ५ सय ६०.९६ अंकमा चढेको छ । उत्पादनमूलक समूहको सूचक ०.३५ अंकले बढेको छ ।
यीबाहेक बाँकी समूहका सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक ८.४१ अंकले घटेर १३ सय ५०.७४ अंकमा झरेको छ । फाइनान्स समूहको सूचक ६३.९८ अंकले घटेर २५ सय ६४.७५ अंकमा झरेको छ ।
जलविद्युत् समूहको सूचक २०.५७ अंकले घटेर ३ हजार ७ सय ६.६२ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक २.३५ अंकले घटेर १३ हजार ७४.३० अंकमा झरेको छ । यसैगरी निर्जीवन बिमा समूहको सूचक पनि ९४.९२ अंकले घटेर १२ हजार ७ सय ८८.९६ अंकमा झरेको छ ।
होटेल तथा पर्यटन, लगानी, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः ५३.८७, ०.८३, ०.५८, ०.०५, ७.४४ र १०.४२ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा सामुदायिक लघुवित्त वित्तीय संस्था परेको छ । सबैभन्दा बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा सुपर मादी हाइड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने सप्तकोसी डेभलपमेन्ट बैंक परेको छ ।


0 comment