काठमाडौं - चालु आर्थिक वर्षको छ महिनामा वीरगञ्जबाट ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार बराबरको डिजेल,पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन टर्बाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको छ ।
उक्त पेट्रोलियम पदार्थ आयातबाट ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार राजस्व सङ्कलन भएको छ ।
गत आवको सोही अवधिको तुलनामा चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब बढी राजस्व सङ्कलन भएको हो ।
चालु आवको छ महिनामा ४२ अर्ब २४ करोड बराबरको चार लाख ७९ हजार सात सय ९९ किलोलिटर डिजेल आयातबाट १८ अर्ब ९८ करोड राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
चालु आवको छ महिनामा दुई लाख २० हजार तीन सय ८५ किलोलिटर आयात भएको पेट्रोलबाट १२ अर्ब ४७ करोड राजस्व दाखिला भएको छ ।
चालु आवको छ महिनामा आठ अर्ब नौ करोड बराबरको ८९ हजार तीन सय ८० किलोलिटर (एटिएफ) आयातबाट एक अर्ब एक करोड तथा ३६ करोड २० लाख बराबरको चार हजार २० किलोलिटर मट्टितेल आयातबाट १० करोड राजस्व सङ्कलन भएको जनाइएको छ ।


0 comment