काठमाडौं - नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा एक हजार ९०० रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार रुपैयाँ पुगेको छ ।
मंगलबार सुनको मूल्य तोलामा १ लाख ५८ हजार १०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको चाँदी आज बढेर एक हजार ८९५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


0 comment