काठमाडौं - क्षेत्रीय र राष्ट्रियस्तका समेत गरी १७ विकास बैंकहरु सञ्चालनमा रहेकामा यही माघ ८ गते (आज मंगलबारसम्म) १४ वटा विकास बैंकले चालु आवको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

वित्तीय विवरण सार्वजनिक गरेकामध्ये क्षेत्रीयस्तरका तीन विकास बैंकले खुद नोक्सानी बेहोरे पनि बाँकी ११ वटाले भने नाफा कमाएका छन् ।

क्षेत्रीयस्तरको सिन्धु विकास बैंकले चालु आवको दोस्रो त्रैमासमा चार करोड ८७ लाख चार हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्षेत्रीयस्तरकै नारायणी डेभलपमेन्ट बैंकले ६२ लाख १३ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ ।

राष्ट्रियस्तरको लुम्बिनी, कामना सेवा, ज्योति, मुक्तिनाथ र साइन रेसुंगा डेभलपमेन्ट बैंकले भने चालु आवको दोसो त्रैमासमा क्रमशः १४ करोड ७६ लाख १८ हजार, ३२ करोड २४ लाख ९३ हजार, ५० करोड ३१ लाख २२ हजार र ३३ करोड आठ लाख ५६ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

राष्ट्रियस्तरकै महालक्ष्मी, सांग्रिला र गरिमा विकास बैंकले पनि चालु आवको दोस्रो त्रैमासमा क्रमशः २८ करोड ७४ लाख ९९ हजार, १९ करोड ६५ लाख ६१ हजार र ५४ करोड ९९ लाख ६२ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

क्षेत्रीयस्तरको कर्पोरेट र मितेरी डेभलपमेन्ट बैंकले भने चालु आवको दोस्रो त्रैमासमा क्रमशः एक करोड सात लाख ३९ हजार र दुई करोड ५८ लाख ५१ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । एक्सेल र सप्तकोसी डेभलपमेन्ट बैंकले भने यस अवधिमा क्रमशः नौ करोड पाँच लाख ३५ हजार र दुई करोड ९९ लाख १७ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेका छन् ।  

हेर्नुहोस् विकास बैंकहरुले चालु आवको पुस मसान्तसम्म कमाएको नाफा (रकम रु. हजारमा)