काठमाडौं - हिमालयन बैंक लिमिटेड र बुद्ध एयरबीच बैंकका ग्राहकलाई बुद्ध एयरले सेवा दिँदै आएको विभिन्न हवाई टिकटमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
बैंक र बुद्ध एयरबीच भएको सम्झौताअनुसार बुद्ध एयरले बैंकका ग्राहकलाई हवाई टिकटहरुमा आठ प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।
हिमालयन बैंकका ग्राहकले बुद्ध एयरको छुट प्राप्त गर्न बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।


0 comment