काठमाडौं - अघिल्लो दिन १२.५८ अंकले बढेको नेप्से आज पनि ६.७८ अंकले बढेर २६ सय ७.९९ अंकमा पुगेको छ ।
यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ०.१० अंकले बढेर ४ सय ३९.१४ अंकमा पुगेको छ ।
नेप्सेमा आज ३११ कम्पनीको ७४ हजार ४ सय तीनपटकको कारोबारमा एक करोड ३६ लाख ७७ हजार ९८३ कित्ता सेयर खरिद-बिक्री भएको छ । जसकारण कुल कारोबार रकम ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार ८ सय ८६ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकोमा पाँच समूहको सूचक घटेर बाँकी समूहको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक २.८० अंकले घटेर १३ सय ४६.११ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ३२.४६ अंकले घटेर ५ हजार ३ सय ५७.१० अंकमा झरेको छ ।
यसैगरी फाइनान्स समूहको सूचक पनि ६८.५३ अंकले घटेर २६ सय ३२.८१ अंकमा झरेकामा जलविद्युत् समूहको सूचक १.०७ अंकले घटेर ३६ सय ८३.५३ अंकमा झरेको छ । लघुवित्त समूहको सूचक भने २.१२ अंकले घटेको छ ।
जीवन बिमा समूहको सूचक भने आज (सोमबार) ५.३५ अंकले बढेर १२ हजार ६ सय ९३.७२ अंकमा चढेको छ । निर्जीवन बिमा समूहको सूचक २८.८० अंकले बढेर १२ हजार ५ सय ३२.१४ अंकमा चढेको छ ।
यीबाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः ७.९९, ०.६०, १ सय १६.४९, ०.०१, ४०.८६ र ४६.८५ अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा मिथिला लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सूचीमा विन लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा भने रिभर फल्स पावर लिमिटेड परेको छ ।


0 comment