काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुनको मूल्य १ लाख ५७ हजार रुपैयाँ कायम भएको जनाएको छ ।
आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५७ हजार १०० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


0 comment