काठमाडौं - बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ । पाँच दिनसम्म चल्ने उक्त मेला माघ ९ देखी १३ गतेसम्म आयोजना हुन लागेको हो ।

एक्स्चेन्ज कार्यक्रममा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसँग बीवाईडीको ब्रान्ड न्यू ईभी साट्न सक्नेछन् । यसरी एक्सचेन्ज गर्दा ग्राहकले उत्कृष्ट मूल्यांकनको साथै एक्सचेन्ज बोनस, लोयल्टी बोनस, नि:शुल्क प्रिमियम एसेसोरिज र नि:शुल्क चार्जर जडानको सुविधा पाउनेछन् ।

कार्यक्रम काठमाडौं उपत्यकाका पाँच स्थानसहित बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, वीरगन्ज, पोखरा, बनेपा, नेपालगन्ज र नारायणगढमा आयोजना हुनेछ । एक्सचेन्ज फेस्टमा सहभागी भएर ग्राहकले पुरानो गाडीसँग बीवाईडीको एट्टो-३, डल्फिन र एम-६ जस्ता चर्चित र लोकप्रिय ईभी एक्सचेन्ज गर्न सक्नेछन् ।

बीवाईडी नेपाली बजारमा सर्वाधिक बिक्री हुने ईभी ब्रान्ड हो । नेपाली बजारमा यसको एट्टो-३, डल्फिन र एम-६ मोडल निकै लोकप्रिय मानिन्छन् । बिक्रीपछिको सेवा र चार्जिङ पूर्वाधारको विकासमा साइमेक्स इंकले पुर्‍याउँदै आएको योगदानका कारण नेपालमा यो ब्रान्डलाई रुचाउने ईभी पारखीको जमात निकै ठूलो छ ।